sun-chadi.jpg

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।