chandragiri-ipo-400x340.jpg

काठमाडौं – चन्द्रागिरि हिल्सको आईपीओ ढिलोमा शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ । चन्द्रागिरि हिल्सको आईपीओ यहि साता सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने गरी नेप्सेले तयारी अगाडि सारेको छ । यहि साता सूचीकरण भए पनि चन्द्रागिरिको दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट सुरु हुनेछ । नेप्सेले पहिलो कारोबारका लागि ३ गुणासम्म ‘ओपन रेञ्ज’ तोक्ने गरेको छ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ । चन्द्रागिरिका लागि नेप्सेले ९६ दशमलव ९९ रुपैयाँदेखि २ सय ९० दशमलव ७ रुपैयाँ ओपन रेञ्ज तोक्ने जानकारी दिएकोे छ ।

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको थियो । आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसमा पनि भाग्यमानी २ जनाले भने ११÷११ कित्ता सेयर हात पारेको थिए । १० कित्ताका दरले बाँडफाँड गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।