Joe-Biden-n-Pete-Buttigieg-1536x1024.jpg

पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बनेका छन् । राष्ट्रपति जो बाइडेनले उनलाई यातायात मन्त्रीका लागि प्रस्तावित गरेका थिए । त्यसपछि माथिल्लो सदन सिनेटमा भएको सुनुवाई तथा मतदान प्रक्रियाबाट उनको नाम अनुमोदन भएको हो । सिनेटमा मंगलबार भएको मदानमा पिट ८६–१३ ले यातायात मन्त्रीमा अनुमोदित भएका हुन् । सिनेटबाट सुनुवाई प्रक्रिया पूरा गरेर अनुमोदिन हुने उनी पहिलो समयौनिक मन्त्री बनेका छन् ।

सिनेटमा भएको मतदानपछि पिटले ट्वीट गरेर आफू सम्मानित र अनुग्रहित रहेको उल्लेख गर्दै आफु कामका लागि तयार रहेको समेत जानकारी दिएका छन् । ३९ वर्षका पिट बाइडेनको मन्त्रीमण्डलमा सबैभन्दा कम उमेरका सदस्य हुन् । उनको मन्त्रालयले बाइडेन प्रशासनको जलवायु परिर्वतन सम्बन्धी महत्वकांक्षी योजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । यस्तै पूर्वाधार विकासका महत्वपूर्ण जिम्मेवारी मन्त्रीका रुपमा पिटको काँधमा आउने छ । पिट बाइडेन प्रशासनका सबैभन्दा चर्चा र सार्वजनिक व्यक्तित्वयुक्त सदस्य हुन् । आफ्नो नियुक्तिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँगै समग्र अल्पसङ्ख्यकहरुको प्रतिनिधित्वमा पार्ने प्रभावबारे आफू सचेत रहेको समेत पिटले त्यसक्रममा जानकारी दिएका छन् ।