naya-baneshwor-jam-2.jpg

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् । यसअघि सार्वजनकि कार्यक्रम अनुसार आज सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख गरिएको थियो । सोही कार्यक्रम अनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।