143866384_429548091725523_2940573201791799323_n_7jLiRY8A38.jpg

काठमाडौं – फिल्म ‘गोर्खे’ अगामी फागुन २१ बाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो । रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, वाल्दिप राई लगायतको अभिनय रहेको यो फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

फिल्म जिजिए गुरूप र एफडिले मिलेर बितरण गर्न लागेको बितरक करण श्रेष्ठले जानकारी दिएका छन् । फिल्म पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौं लगायतका स्थानमा छायाँङ्कन भएको हो । फिल्मको अहिले एक पोस्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मका मुख्य कलाकार अटाएका छन् ।