145135497_111670714232874_5441536871486514197_o.jpg

काठमाडौँ—ललितपुरको नख्खु जेलमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानी मन्त्री मणि थापाले भेटेका छन् । आज मङ्गलबार बिहान थापाले नख्खु पुगेर ओलीसँग केही समय भेट गरेका थिए ।

नख्खुस्थित एनसेलको कार्यालयअघि विप्लव समूहले गराएको विस्फोटमा संलग्न रहेको आरोपमा ओली करिब दुई वर्षअघि पक्राउ परेका थिए । त्यस विस्फोटमा एक जनाको मृत्यु पनि भएको थियो । विप्लव समूहलाई सरकारले आतङ्ककारी समूह घोषणा गरेको थियो । राजनीतिक उथलपुथलबीच थापाले ओलीसँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।