stock_market-648x364-c-default.jpeg

काठमाडौं – साताको तेस्रो कारोबार सेयर बजार ६५ अङ्क भन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अङ्कले बढेर २ हजार ४ सय ७३ पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अङ्क भन्दा धेरैले वृद्धि भएको छ । आज होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।

आज दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ४२ करोड २८ लाख ६६ हजार ८ सय २७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै बिमा समूह र लघुवित्त लगानीकर्ताहरुले कमाएका छन् । निर्जिवन बिमा समूह ५ अङ्क भन्दा धेरैले बढेको छ भने लघुवित्त ३ दशमलव ८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सबै सबइन्डेक्सहरु बढेर हरियाली छाउदा होटल समूहको सब इन्डेक्स भने २ प्रतिशत भन्दा धेरैले घटेको छ ।