Pradesh2.jpg

जनकपुरधाम– प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ । मंगलबार आयोगले पहिलो आवधिक योजना पुस्तक र नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्रेटेजिक अप्सन फर प्रोभिन्स २ नामक पुस्तक सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नीति आयोगले आयोजना गरेको एक कार्यक्रमका बिच आयोगका अध्यक्ष समेत रहेका प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दुबै पुस्तक सार्वजनिक गरेका छन् ।

दुवै पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको अबको लक्ष्य प्रदेश गौरवका आयोजनाहरुको छनौट गरी प्रदेशको विकासतर्फ ध्यान पु¥याउनु रहेको बताए । पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्षभित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्दा सहज हुने उनले बताए ।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले आयोगले अन्य ६ प्रदेशभन्दा बढी काम गरेको दावी गरे । उपाध्यक्ष झाले आयोग पूर्णता पाउन नसकेपनि अन्य प्रदेशको तुलनामा बढी काम गरेको बताएका छन् ।