prachanda_nepal_aayog_1_oj5vKXdtA1.jpg

काठमाडौं — आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएर फर्केका हुन् ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।