sushma-karki.jpg

काठमाडौं – नायिका सुष्मा कार्की आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजूरी दिन पुगेकी छन् । काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि हातपात र गालीगलौज भएको भन्दै उनले महानगरीय प्रहरी वृत, दरबार मार्गमा उजूरी दिएकी हुन् । प्रहरीका अनुसार उनले आफूमाथि आरती खड्का र रङ्ग पत्रकार उत्सव रसाइलीले हातपात गरेको र गाली गरेको आरोप लगाएकी छन् । आरती नायिका स्वेता खड्काकी बहिनी हुन ।