policearrest_copy3.jpg

काठमाडौं – मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका –२ बस्ने ४१ वर्षीय राजेन्द्रबहादुर दमाइ रहेको प्रहरीले जानकारी दिएको छ । ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हेटौंडा उपमहानगरपालीका – १९ नेवारपानीस्थित सडकखण्डबाट आज पक्राउ गरेको हो । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.२.ह. ४१०९ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उनी पक्राउ परेका हुन् । चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलो गाँजा, ६७ हजार नगद र भारु. २ हजार ५ सय पनि बरामद भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।