balatar-dharna-corona-pideet-5.jpg

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को महामारीबाट प्रभावित भएका व्यवसायीहरुले बालुवाटारमा धर्ना दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लामो लकडाउनका कारण आफ्नो व्यवसाय धराशायी भएको भन्दै उनीहरुले आज सरकारको ध्यानाकर्षण गराउन बालुवाटारमा धर्ना दिएका हुन् । कोरोना महामारी पीडित सर्वपक्षीय पेसा तथा व्यवसायी संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा उनीहरुले राज्यका तर्फबाट कर तथा राजस्वमा लगाइने जरिमाना बन्द गर्न माग गरेका छन् । दलहरुले हजारौं मान्छे सडकमा उतार्न हुने तर नेगेटिभ पीसीआर रिपोर्ट लिएर आएका पर्यटकलाई क्वारेन्टाइन अनिवार्य किन ?, व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताको लागि सहुलियत कर्जा कहिले पाउने ? लगायतका प्रश्न व्यवसायीले गरेका छन् ।