Pics.jpg

काठमाडौं – एभरेष्ट बैंकले धादिङको धार्केमा १ सय १ औं बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धादिङको धुनिबेसी नगरपालिका धार्केमा उक्त शाखाको मेयर बालकृष्ण आचार्य र बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । हाइवेसंँगै रहेको यस शाखामा एटिएम सेवा २४ घण्टा खुल्ला रहने भएकोले ग्राहकहरुलाई अझै सुविधा पुग्ने बैंकको विश्वास रहेको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।