IPO.jpg

काठमाडौं – माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । एउटा जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन हुने भएको हो । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आगामी शुक्रबारबाट नै सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ देखि आईपीओ जारी गर्ने भएको छ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले पाएको छ ।

उक्त सेयर निष्कासन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर(एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहनेछ । हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ । यसले गर्दा इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकिएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सकिनेछ ।

त्यसपछि माघ २८ गते देखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । संस्थाले प्रति सेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । दुवै कम्पनीको न्युनतम १० कित्तादेखि आवेदन दिन सकिने छ । पछिल्लो समय आईपीओ आवेदन दिनेहरुको सङ्ख्या निकै बढेकाले १० कित्ता भागमा पर्न पनि गोला प्रथाकै भर पर्नु पर्ने पक्का रहेको छ ।