Bushfire-1.jpg

अस्ट्रेलियाको पर्थको बाहिरी क्षेत्रको जङ्गलमा डढेलो लाग्दा जोखिम बढेको भन्दै वरपरका बासिन्दालाई बिस्थापित गरिएको छ । अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा डढेलो लागेको हो । सो आगो फैलिने क्रममा छ । कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणका लागि लकडाउन गरिएका बेला डढेलोको डरले बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्नु पर्ने बाध्यता आएको हो ।

पर्थको दक्षिणी क्षेत्रमा आगलागीका कारण कम्तीमा ३० वटा घर ध्वस्त भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । अहिलेसम्म ७ हजार हेक्टर भन्दा बढि क्षेत्रमा आगो फैलिएको छ । तीव्र गतिमा चलेको हावा र गर्मीका कारण आगो फैलिएको हो । पर्थको तापक्रम पछिल्लो समय ३५ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ । राज्यले कोरोना भाइरससँग आगलागीको दोहोरो आपतकाल खेपेको पश्चिम अस्ट्रेलियाका प्रिमियरले जानकारी दिएका छन् । अवस्था अति चिन्ताजनक र गम्भीर रहेको समेत उनले जानकारी दिएका छन् ।