1612230605_madi gaupalika-600x400.jpg

काठमाडौं – कास्कीको मादी गाउँपालिकाको केन्द्र नयाँ ठाउँमा सारिने भएको छ । लामो समयको विवादपछि हाल कायम रहेको याञ्जाकोटबाट केन्द्र वेत्याहनीमा सारिने भएको छ । गत वर्ष पुसमा भएको मादी गाउँपालिकाको गाउँसभाले केन्द्र मादी गाउँपालिकाको मादी करिडोर छेउमा पर्ने वेत्याहनीमा बनाउने तयारी थालेको थियो । नेकपाको बर्चस्व रहेको पालिकाका अध्यक्ष सहित बहुत सदस्यले गरेको सो निर्णयबिरुद्ध कांग्रेस उभिएपछि विवाद शुरु भएको थियो ।

केन्द्र वेत्याहनीमा सार्न दुई तिहाई बहुमत नपुगेपछि गाउँसभाले ४ ठाउँलाइ केन्द्र बनाउन उपयुत्त हुने भन्दै विकल्पका रुपमा अगाडी सारेको थियो । लामो बिवादबीच मादीको कार्यपालिका बैठकले सिफारिस गरेको आधारमा वडा नम्बर ४ को बेत्याहनीमै गाउँपालिकाको केन्द्र तोक्न गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले संघीय मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

पालिकाले ३ वटा प्राथमिकता मध्ये बेत्याहनीलाई पहिलो नम्बरमा राखेर पठाएकाले त्यसैलाई केन्द्र तोक्न सिफारिस गरेको गण्डकी प्रदेश सरकारका प्रबक्ता एवं भौतिक योजना मन्त्री रामशरण बस्नेतले जानकारी दिएका छन् । प्रदेश सरकारले पालिकाबाट पहिलो, द्रोस्रो र तेस्रो गरि प्राथमिकता निर्धारण गरे अनुसार नै संघ सरकारमा सिफारिष गरेको उनले जानकारी दिएका छन् ।