Joel-Matip.jpg

इंग्लिस क्लब लिभरपुलका सेन्टर–ब्याक जोएल मातिपले सिजनका सबै खेल गुमाउने भएका छन् । गोलीगाँठोको लिगामेन्टमा लागेको चोटका कारण उनले यो सिजनका बाँकी खेल खेल्न नसक्ने भएका हुन् । क्यामरुनको राष्ट्रिय टिमका पूर्व खेलाडी २९ वर्षे मातिप गएको बिहीबार टोटनह्याममाथिको ३–१ को जितको क्रममा चोटग्रस्त भएका थिए । लिभरपुलका भर्जिल भान डिजेक र जो गोमेज पनि चोटका कारण मैदान बाहिर रहेका छन् ।