ezgif-7-86c047fa953d.jpg

नेपालगञ्ज –नेपालगञ्जमा कोरोना भाइरसको सङ्क्रमणबाट ६८ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नं. १४ निवासी महिलाको आज अपरान्ह ४ बजे मृत्यु भएको हो । माघ १० गते भर्ना भएकी कोरोना सङ्क्रमीत महिलाको उपचारको क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको छ । बाँकेमा कोरोना भाइरसका कारण ५३ जनाको मृत्यु भइसकेको छ ।