corona_virus_update_4-5.jpg

काठमाडौं — पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६ सय जना सङ्क्रमणमुक्त भएका छन् भने २ हजार २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ४ सय ८९ जना सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८ सय ४२ जना होम आइसोलेसनमा छन् भने १ सय २८ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।