thumb.php.jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । आज ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताएका छन् । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन । ’कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।’