bf283566-2019-385b-a9d7-165f9bbd436e_1582250785.jpg

काठमाडौं – गतबर्षको फागुण ९ गते रिलिज भएको चलचित्र ‘आमा’ ३ दिन अगाडि युटुबमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको ३ दिनमानै यो चलचित्रलाई १६ लाख भन्दा धेरै पटक युटुबमा हेरिएको छ । चलचित्र नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

५३ हजार भन्दा बढी दर्शकले यो चलचित्रलाई लाइक गरेका छन् भने ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् । चलचित्र हेर्ने अधिकांश दर्शकले मानविय संवेदना र समाजसँग जोडिएको कथा भन्दै प्रशंसा समेत गरेका छन् । नेपालमा रिलिज भएपनि कोरोना भाइरसका कारण यो चलचित्र विदेशमा रिलिज हुन सकेको थिएन । यसैले, विदेशबाट चलचित्र हेर्ने अधिकांश दर्शकले यो चलचित्रलाई आफ्नै कथा भनेका छन् ।


Aama_(2020_film).jpg