soccer-ball-goal.jpg

काठमाडौं – महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत आज भएको खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७ –० को गोलले हराएको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीका शर्मिला थापाले ह्याट्रिक गरिन् । विमला चौधरीले दुई तथा विमला विके र रश्मी घिसिङले एक–एक गोल गरेका थिए । आर्मी पाँच खेलबाट १० अङ्क जोडेर दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको एपीएफको ५ खेलबाट १५ अङ्क छ । विराटनगर पाँच खेलबाट सात अङ्क जोडेर चौथोमा छ । पाँच खेलबाट ८ अङ्क भएको नेपाल पुलिस तेस्रो स्थानमा रहेको छ ।