ccm_prachanda_nepal_lV2aZ0wdo4.jpg

नेकपाका प्रचण्ड–माधव नेपाल पक्ष फेरि निर्वाचन आयोगमा जान लागेको छ । पार्टीमा आफूहरुको साथमा दुई तिहाइ हाराहारीमा केन्द्रीय सदस्य रहेको तथा आधिकारिक पार्टी पनि आफूहरु नै रहेको जिकिरसहित सो पक्ष निर्वाचन आयोगमा जान लागेको हो । बैठक स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेताहरु निर्वाचन आयोग जान लागेका हुन् र यसबारे सो समूहको केन्द्रीय समिति बैठकमै छलफलको एजेण्डा बनाइएको थियो । बैठकमा प्रचण्डले ओलीलाई कारबाहीसहित निर्वाचन आयोगबारे एजेण्डा नै बैठकमा प्रस्तुत गरेका थिए ।

बैठकपछि नेता वर्षमान पुनले आवश्यक तयारी पुरा गरेर आयोगमा गएर आधिकारिक पार्टी आफूहरु भएको दावेदारी प्रस्तुत गर्न लागिएको बताएका छन् । यसअघि पनि सो पक्षले निर्वाचन आयोग गएर आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको थियो ।