Flash-Mob-2-1024x683.jpg

काठमाडौं –संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । फ्ल्यास मब नाम दिइएको प्रदर्शनका क्रममा आकस्मिक रुपमा जम्मा भएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । संसद भवन अगाडि सडकमा भएको प्रदर्शनका क्रममा भने प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केहीबेर सुरक्षाकर्मी र विद्यार्थीहरुबीच धकेलाधकेल भएको थियो भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पनि तत्काल छाडिएको बानेश्वर प्रहरीका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिएका छन् ।