how-to-invest-in-the-stock-market.jpg

काठमाडौं – आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले बढेर २ हजार ४ सय माथि पुगेको छ । आज नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९५ अङ्कले वृद्धि भएको छ । सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । ५४ अङ्क भन्दा धेरैले बजारमा पहिरो जादा पनि आइतबार ९ अर्ब नजिक कारोबार रकम पुगेको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा होटल समूहका लगानीकर्ताहरु रहेका छन् । होटल समूहको सबइन्डेक्स करिब ८ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त समूह भने आज घटेका छन् । आज सबैभन्दा धेरै गुमाउनेमा लघुवित्त समूहका लगानीकर्ताहरु नै देखिएका छन् । उता आज धेरै बढ्नेको पहिलो नम्बरमा प्रोगेसिभ फाइनान्स र दोस्रो नम्बरमा सेञ्चुरी कमर्सीयल बैंक पनि देखिएको छ । नविल बैंकसँग मर्जरमा जादैछ भन्ने हल्लाका कारण सेञ्चुरीको सोमबार सेयर मूल्य बढेको हो ।