SARBOCHCHA_ADALAT.jpg

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ । महान्यायाधीवक्ता अग्नि खरेलले सरकारका तर्फबाट सोमबार प्रतिरक्षा बहस सुरु गरेका हुन् । गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै परेका रिटमाथि सर्वोच्च अदालतमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ । रिट निवेदकका तर्फबाट कानून व्यवसायीको बहस आइतबार सकिएको थियो । त्यसपछि सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ जनाको रिट निवेदन दर्ता भएको थियो । यी निवेदकका तर्फबाट करिब तीन सय जना कानून व्यवसायीले वकालतनामा भरे पनि करिब ७० जनाले मात्र बहस गरेका हुन् । सरकारी पक्षका तर्फबाट ११ जना सरकारी वकिल र त्यसबाहेक ८८ जना कानून व्यवसायीले वकालतमा भरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध माघ ४ गतेदेखि संवैधानिक इजलाशमा बहस चलिरहेको छ ।