sitaraman_klj0p6hNJt.jpg

काठमाडौं — भारतले कोरोना खोपको विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ । सोमबार नयाँ आर्थिक वर्षको बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सो बराबरको बजेट विनियोजन गरेकी हुन् ।

वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिकको जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनको विकास गर्ने बताइन् । भारतले विश्वका सय भन्दा बढी देशमा कोरोना दिने प्रक्रिया सुरु गरिसकेको छ । भारतले नेपालमा पनि १० लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई उक्त खोप दिइनेछ ।