stock_market-648x364-c-default.jpeg

काठमाडौं – साताको दोस्रो दिन आज सेयर बजार खुलेसँगै हरियाली देखिएको छ । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार हुने धेरै जसो कम्पनीहरुको सेयर मूल्य वृद्वि भएको छ । नेप्से परिसूचक १५ मिनेटमा नै ४२ अङ्क भन्दा धेरैले वृद्धि भएको छ । कारोबार रकम पनि १५ मिनेटमा ३२ करोड रुपैयाँ भन्दा धेरै भएको छ । कारोबार खुलेसँगै सेञ्चुरी कमर्सीयल बैंक, प्रभु लाइफ इन्स्यारेन्स लगायतको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रभु लाईफको आईपीओ भएका कारण यसको मूल्य वृद्धि हुनुलाई स्वभाविक रुपमा मान्न सकिन्छ । सेञ्चुरी बैंकको भने बढ्नु पर्ने खास कारण नरहे पनि निकै वृद्धि भएको छ । यस बैंकको सेयर खरिदमा पनि चाप देखिएको छ । सेयर बजारका जानकारहरुका अनुसार अन्य कुनै ठूलो बैंकसँग मर्ज हुन सक्ने सम्भावना भएकाले लगानीकर्ताहरु सेञ्चुरीको सेयर खरिद गर्न इच्छुक देखिएका छन् । कारोबार शुरु भएको १५ मिनेटसम्म कारोबारका आधारमा सेञ्चुरी नै अगाडि देखिएको छ ।