sun-chadi.jpg

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार १ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि ५ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तालाको ९१ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य १३ सय २० रुपैयाँ थियो ।