143858499_160329825690688_770683725098327040_n_YhQwSSUrZa.jpg

कक्षा १२ को सोमबार प्रकाशित नतिजाअनुसार नियमिततर्फ सहभागी ३ लाख १० हजार ३ सय १६ परीक्षार्थीको जीपीए विवरण प्राप्त भएको छ । नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६ हजार ९ सय १६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४ सय ८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३ सय १२ जना रहेको छ ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १ सय ६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३ सय ३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८ सय ८९ रहेको छ ।