_116744722_gettyimages-1230891184_Vg3YOOrYxP.jpg

मोहमद शलाहले प्रिमियर लिगका पछिल्ला सात खेलमा पहिलो पटक गोल गरेपछि लिभरपुलले वेस्ट ह्यामलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा शलाहले दुई गोल गरे भने जर्जिने विजनाल्डमले एक गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर क्रेग डसनले वेस्ट ह्यामका लागि सान्तवना गोल फर्काए ।

२१ खेलबाट ४० अङ्क बटुल्दै लिभरपुल लिगको तेस्रो स्थानमा रहेको छ । लिभरपुल शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा ४ अङ्कले पछि रहेको छ । सिटीले एक खेल कम खेलेको छ । यता, नयाँ म्यानेजर थोमास टुचेलको नेतृत्वमा चेल्सीले पहिलो जीत हासिल गरेको छ । आइतबार चेल्सीले बर्नलीलाई २–० गोलले हराएको हो ।

चेल्सीको जीतमा सेजार एज्पिलिकुएटा र मार्कोस अलोन्सोले एक–एक गोल गरे । जीतपछि चेल्सी लिगको सातौँ स्थानमा उक्लिएको छ । उता, टोटनह्याम भने ब्राइटनसँग १–० गोलअन्तरले पराजित भएको छ । खेलको १७ मिनेटमा लिएन्ड्रो ट्रोसाडले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । यो सिजन लगातार दुई खेलमा पराजित भएको टोटनह्याम दोस्रो पटक हो । स्पर्स लिगको छैटौँ स्थानमा रहेको छ ।