काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । आज देशभर कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या २ हजार ७ सय ७४ पुगेको छ ।
आज थप ८२ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार ४ सय ७ पुगेको छ । हाल देशभर ९ सय ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।