काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान लाग्नु भएको छ । प्रधानमन्त्री ओली आज जहाजबाट झापा जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली आज झापा क्षेत्र नम्बर – ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले आज नेपाल–चीन औद्योगिक पार्क शिलान्यास गर्ने नेकपा झापाका नेता चिन्तन पाठकले जानकारी दिएका छन् । ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ । ओली आज नै काठमाडौं फर्कनुहुने छ ।
प्रधानमन्त्री ओली फागुन १८ गते पनि झापा जाने कार्यक्रम रहेको छ । विर्तामोड पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा उहाँसहभागी हुने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईंले जानकारी दिएका छन् । यस्तै फागुन २१ गते सुखानीमा हुने कार्यक्रममा पनि प्रधानमन्त्री ओली झापा जाने कार्यक्रम रहेको छ ।