काठमाडौं – विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।
बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएका हुन । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।
धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए । बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्न समेत उनिहरुले माग गरेका छन् ।