काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेले केही सूचीकृत समूहहरूको हेरफेर तथा समूह विभाजन गरेको छ । यसमा ४ वटा कम्पनीहरु परेका छन् । अन्य समुहमा रहेको ४ कम्पनीलाई लगानी समूहमा राखिएको हो । लगानी समूहमा एचआइडीसीएल, नागरिक लगानी कोष, निफ्रा, एनआरएन परेका छन् ।
यस्तै यसअघिको होटेल्स समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ । यसमा भर्खरै बजारमा सूचीकृत चन्द्रागिरि हिल्स परेको छ, भने बाँकी होटेल्सहरु यथावत नै रहेका छन् । हाल नेप्सेमा २ सय १८ वटा कम्पनीहरु सूचीकृत भएका छन् ।
यसअघि नेप्सेमा म्युचुअल फन्डबाहेक ११ वटा समूह रहेका थिए भने अब १२ वटा समूह भएको छ । म्युचुअल फन्डसमेत गर्दा १३ समूह हुन्छ ।