काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर १ सय १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । आज कोरोना भाइरसको सङ्क्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । आजको यो सङ्ख्यासँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७१ पुगेको छ ।
आज देशभर गरी ५४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ । आज देशभर ३ हजार ९ सय ४४ पीसीआर परीक्षण भएको छ । देशभर हालसम्म ९ सय ३६ सक्रिय सङ्क्रमित रहेका छन् ।