काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पग्नुभएको छ । पार्टी एकताको प्रस्ताव लिएर नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतम प्रधानमन्त्री निवास बालुवाटार गएको उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा २ खेमामा विभाजित भएको छ । नेकपाका उपाध्यक्ष गौतम भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै तटस्थ बसेका थिए ।