काठमाडौं — सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्ला कपिलवस्तु, दाङ, मोरङ, झापा, बारा, धनकुटा, लम्जुङ, बाग्लुङ, बाँके, पर्वत, कैलाली र बर्दियामा चैत २० गतेदेखि मसान्तसम्म औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्ण पौडेलले जानकारी दिएका छन् ।
यसअघि फागुन २९ गतेदेखि औषधि खुवाइने तय भएकोमा कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।