काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बेलुका ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् ।
उनको भनाई अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै बदर गर्न र १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।