काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उहाँलाई वीर अस्पताल लगिएको थियो । उहाँलाई आज बिहान थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उहाँको शल्यक्रियाको तयारी भइरहेको छ ।