काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १२ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । आज देशभर कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ७ सय ६७ पुगेको छ ।
आज ८४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार २ सय २३ पुगेको छ । आज देशभर ३ हजार ४ सय ११ पीसीआर परीक्षण भएको छ ।