काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले जसपासँग मिलेर जाने प्रस्ताव राखेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाई रहेको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले आज जसपाका नेताहरुसँग पनि छलफल गरेका छन् । जसपाका नेता राजेन्द्र महतोले भने, ‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो’ । ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’
यसअघि प्रचण्ड–नेपाल समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए । नेताहरुका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो ।