काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज सामाजिक सञ्जालबाट कटाक्ष गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको टिप्पणी गरेका छन् ।
सल्लाहकार थापाले लेखेका छन‘ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’