काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ९४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । आज कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ६६ पुगेको छ ।
आज ७१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । हाल देशभर ९ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घन्टामा ३ हजार ६ सय ९२ पीसीआर परीक्षण भएको छ ।