काठमाडौं – प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको रिटमाथि छुट्टाछुट्टै सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नुभनी सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलका लागि बोलाएको छ । सर्वोच्चले जलहरी राख्नुको कारणको सरकारसँग लिखित माग समेत गरेको छ । सर्वोच्चले जलहरी नराख्नभनि अन्तरकालीन आदेश जारी गरेकै दिन आज विहान ११ः ४५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको छ ।