काठमाडौं – सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गरेपछि नेकपा प्रचण्ड– नेपाल पक्षले आज काठमाडौंमा विजय ¥याली निकालेको छ । काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताहरुले विजय ¥यालीसहित नगर परिक्रमा गरेका छन् । ¥यालीमा नेताहरु जनार्दन शर्मा, देव गुरुङ, अमृत कुमार बोहोरा, पम्फा भुषाल लगायत सहभागी भएका छन् । ¥याली रत्नपार्कदेखि सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने तय भएको छ ।
मंगलबार सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । अदालतको फैसलापछि उत्साहित नेकपाको प्रचण्ड– नेपाल पक्षले आज देशैभर विजय र्याली र सभाहरुको आयोजना गरेअनुसार काठमाडौंमा विजय र्याली भएको हो । ¥यालीपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।