काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्ताका लागि प्रचण्ड–नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकोे सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाको बारेमा छलफल गर्न प्रचण्ड–नेपाल देउवा निवास पुगेका हुन् ।