काठमाडौं – नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीहरुको मुटु परीक्षणका लागि गङ्गालाल अस्पतालसँग सम्झौता गरेको हो ।
गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारी र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गङ्गालाल अस्पतालले सम्झौतालगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीहरुको मुटु परीक्षण गरेको एन्फाले जानकारी दिएको छ ।