काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ । आज नेपालमा कोरोनाका कारण थप ४ जनाको ज्यान गएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६५ पुगेको छ ।
आज थप १ सय २ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल सङ्ख्या २ लाख ७० हजार ६८ पुगेको छ । हाल नेपालमा १ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।