काठमाडौं – सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. –४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जानकारी दिएको छ ।
बिग्रिएर सडकमा रोकिराखेको ना ६ ख १११० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आईरहेको ना ५ ख ८९८ नम्बरको यात्रुबाहक बस सोमबार राति करिव पौने १२ बजे ठोक्किन पुगेको हो ।
घाइतेहरुको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बस चालक हाल प्रहरीको निगरानीमा रहेको र ट्रक चालक फरार रहेकोले उनको खोजि भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।